घलेम्दी हाइड्रोको ३२ लाख भन्दाबढी कित्ता लिलामीमा आउने

0
Shares

घलेम्दी हाइड्रो लिमिटेडको ३२ लाख कित्ताभन्दा बढी सेयर लिलामीमा आउने भएको छ । कम्पनीको हकप्रद सेयर बाँडफाँडमा सो बराबरको सेयर खरिदका लागि आवेदन नपरेको हो । कम्पनीले मङ्सिर १० गतेदेखि पुस १६ गतेसम्म बिक्री गरेको चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर पुस २५ गते बाँडफाँड गरेको हो ।

कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद बिक्री खुला गरेकोमा २८ हजार १२१ जना आवेदकलाई ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको हो । यससँगै कम्पनीको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी बिक्रीमा आउने भएको हो ।

कम्पनीले कात्तिक २ गतेसम्म विद्यमान सेयरधनीहरूका लागि चुक्ता पुँजी ५५ करोड रुपैयाँको आधारमा २०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । यस अवधिमा विक्री हुन नसकेको यी सेयर कम्पनीले लिलामी प्रक्रियाबाट बिक्री गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । २०० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद सेयर निष्कासन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।