साना किसानको लाभांश अनुमोदन, ३ अर्ब ८० करोड पुग्यो चुक्ता पुँजी

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ४९ करोड ९७ लाख रुपैयाँ लाभांश पुस २९ गते सम्पन्न संस्थाको २२ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेको छ ।

संस्थाका अध्यक्ष खेमबहादुर पाठकको सभापतित्वमा आइतबार सम्पन्न भएको सभाले चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाखको १४.२५ प्रतिशतले हुने ४७ करोड ४७ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशतले हुने नगद लाभांश २ करोड ४९ लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको हो । चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुने बोनस पारित भएसँगै लघुवित्तको कुल चुक्ता पुँजी ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले नयाँ सञ्चालकमा ६ जना निर्वाचित गरेको छ । नयाँ सञ्चालकहरुमा खेमबहादुर पाठक, डा. बाबुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भीमप्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित गरको हो । सभाले संस्थाको अध्यक्षमा खेमबहादुर पाठकलाई पुनः चयन गरेको छ । 

सञ्चालक समिति अध्यक्ष खेमबहादुर पाठकले लघुवित्तीय संस्थाको लगानी ठिक ढङ्गले भए–नभएको हेर्नुपर्ने बताए । जथाभावी लगानी गर्न नहुने बताउदैउनले आफ्नो संस्थाले प्रक्रिया संगत ढंगले र सही ठाउँमा लगानी गरेकाले पैसा डुब्न नसक्ने बताए । साना किसान विकास लघुवित्तबाट ऋण लिन प्रक्रिया घुमाउरो छ भन्ने अरोप लाग्ने गरेको भन्दै सडकबाटै ऋण दिने संस्थाहरुको पैसा डुबेको उनको भनाई थियो ।

साना किसान विकास लघुवित्तले देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्थामार्फत १० लाख २९ हजार ८७५ परिवारमा वित्तीय संस्थाको सेवा पुगेको कम्पनीले जनाएको छ । आवद्ध सहकारी संस्थाहरूले ६ करोड ५८ लाख ७६ हजार ५८५ बराबरको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् ।

थोक कर्जा प्रदायक संस्थाका रुपमा यसले ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थामार्फत सेवा दिंदै आएको छ । साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत गत असार २४ गतेदेखि मर्जरपछिको एकीकृत कारोबार सुरु गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।