राष्ट्रिय बीमा कम्पनीको सञ्चालक लक्ष्मी प्रसाद श्रेष्ठद्धारा सपथ ग्रहण

0
Shares

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका लक्ष्मी प्रसाद श्रेष्ठलाई माघ २ मा बसेको सञ्चालक समितिको ३६८ औं बैठकमा सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेको हुन् । साथै अध्यक्षले कम्पनीको सञ्चालक समितिको सदस्यको रुपमा उनलाई स्वागत गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको पुस १९ गते बसेको ३६७ औं बैठकको निर्णय अनुसार बीमा ऐन २०७९ को दफा ४९ को उपदफा (२) तथा कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) को खण्ड (घ) बमोजिम श्रेष्ठ सञ्चालक चयन भएका थिए । श्रेष्ठ सिद्धार्थनगर नगरपालिका, रुपन्देही, लुम्बिनी प्रदेशका स्थायी बासिन्दा हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।