गरिमा क्यापिटलले ल्यायो गज्जबको लगानी व्यवस्थापन सेवा योजना

0
Shares

गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । यो योजना माघ १ गते देखि माघ मसान्त सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको क्यापीटलको भनाई छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिने जनाएको छ ।

क्यापिटलले यो सेवा माघ मसान्त सम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको छ । साथै, यो योजना उपभोग गर्न न्युनतम लगानी रकम र/वा शेयर दश लाखको हुनुपर्ने छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्फत वा ह्वाटसएफ, भाइबर लगायतका सामाजिक संजालबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्ने जनाएको छ ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमश: दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।