बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा


बेष्ट फाइनान्स कम्पनी लिमिटेडले १ लाख ५ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्री गर्ने भएको हो ।

उक्त सेयरमा संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्ने छन् । आम सर्वसाधारणले भने उक्त सेयरमा आवेदन दिन पाउने छैनन् ।

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आज माघ ३ गतेदेखि ३५ दिनभित्र फाइनान्सको प्रधान कार्यालय कमलादी, काठमाण्डौमा सम्पर्क गर्न सक्ने छन् । ३५ दिन भित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।