तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश वितरण

0
Shares

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नगद लाभांश वितरण भएको छ । कम्पनीको गत पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांश सम्बन्धीत सेयरधनीको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा खातामा वितरण गरिएको हो ।

होटल्सले पुस ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीलाई नगद लाभांश वितरण गरेको हो । हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न कम्पनीले आग्रह गरेको छ ।

होटल्सको पुस २४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर भने नेप्सेमा सूचीकरण भएपछि मात्र सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइनेछ ।
कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।