स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा पुरानो लाभांश लिन अनुरोध

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई पुरानो नगद लाभांश संकलन गर्न अनुरोध गरेको छ । बैंकले आर्थिक वर्ष २०७४–७५ को नगद लाभांश सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र भुक्तानी प्राप्त गर्नु अनुरोध गरेको हो ।

बैंकले साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले बुझी नलिएको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी ब्यवस्था छ । सोही अनुसार बैंकले सूचना प्रकाशित गरेको जनाएको छ ।  तोकिएको समयभित्र नगद लाभांश संकलन नगर्ने सेयरधनीको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

हालसम्म नगद लाभांश लिन बाँकी सेयरधनीहरुले हितग्राही खाता नखोलेको भएमा हितग्राही खाता खोली भौतिक सेयरहरु अभौतिकरण गरी तथा हितग्राही खातामा सम्बन्धीत सेयरधनीको बैंक खाता नम्बर समेत अध्यावधिक गराएपछि मात्रै नगद लाभांश बैंक खातामै जम्मा हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।