इमर्जिङ्ग नेपालको नगद लाभांश वितरण

0
Shares

इमर्जिङ्ग नेपाल लिमिटेडले नगद लाभांश वितरण गरेको छ । मङ्सिर ५ गतेसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीहरूको बैंक खातामै नगद लाभांश जम्मा गरेको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट प्रस्ताव गरी पारित गरेको कर समेत ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

कम्पनीको मङ्सिर १५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजी ५५ करोड ५६ लाख रूपैयाँका आधारमा ४ करोड ६७ लाख ८७ हजार ३६८ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले माघ ३ गते सूचना जारी गर्दै लाभांश बैंक खातामा जम्मा गरिसकेको जनाएको हो ।

मङ्सिर ५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र जम्मा गरिने जानकारी कम्पनीले भनेको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।