नबिल स्टक डिलरको ६ महीनाको नाफा साढे ६ करोड माथि

0
Shares

नबिल स्टक डिलर लिमिटेडले चालु आर्थिक वर्षको ६ महीना अवधिमा ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । असारसम्म डिलरको नाफा ५ करोड ९८ लाख ६६ हजार रुपैयाँ थियो ।

सार्वजनिक भएको वित्तीय विवरण अनुसार डिलरको सञ्चालन आम्दानी ९ करोड ५८ लाख रुपैयाँ छ भने अन्य आम्दानी ९ लाख ६३ हजार रुपैयाँ छ ।

दोस्रो त्रैमासमा कम्पनीले सेवा प्रवाहबाट कुल ९ करोड ५८ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको अन्त्य अर्थात असार मसान्तको तुलनामा ३.२१ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले ९ करोड ८९ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब ५२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । गत असारको तुलनामा कम्पनीको जगेडा कोष १११.५२ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष रिजर्भमा ५ करोड ९८ लाख ६५ हजार रुपैयाँ थियो।

यस्तै वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७८ पैसा छ र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३३ पैसा छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्ष ३ रुपैयाँ ९४ पैसा थियो ।

नबिल स्टक डिलर लिमिटेड नबिल बैंकको सहायक कम्पनीको रुपमा धितोपत्र खरिद बिक्री गर्ने प्रयोजनका लागि स्थापना भएको कम्पनी हो । यसभन्दा अघि नागरिक स्टक डिलर स्थापना भई कार्य गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ