भन्सारमा खराब कर्मचारीहरु पनि छन्, ‘सेटिङ’ भत्काउने काम भइरहेको छ: महानिर्देशक पौडेल

0
Shares

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारमा केही खराब कर्मचारीहरु रहेको स्वीकार गर्दै तस्करी नरोकिएको बताएका छन् । साथै उनले विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करहरुको ‘सेटिङ’ भत्काउने काम भइरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आइतबार विभागले आयोजना गरेको ‘आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सबै कर्मचारी राम्रा वा सबै नराम्रा छन् भन्ने पक्षमा आफू नरहेको बताउँदै खराब कर्मचारीकै कारण तस्करले प्रशय पाएको भनाई राखे ।

महानिर्देशक पौडेलले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करहरुको ‘सेटिङ’ भत्काउन विभाग केहि हदसम्म सफल भएको दाबी गरे । “भन्सार कार्यालयमा हुने विभिन्न खालका सेटिङ भत्काउने काम भइरहेको छ, तर तस्करहरु एक कदम अगाडि छन्, उनीहरु हाम्रा कमजोरी हेरेर योजना बनाउँछन्”, पौडेलले भने । साथै उनले भन्सारका कामकाजलाई विस्तारै कागजरहित बनाउँदै लगिएको उल्लेख गरे ।

साताव्यापीरुपमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस साताव्यापीरुपमा मनाउने भएको छ । विभागले आज आर्थिक पत्रकारसँग अन्तक्र्रिया गरेको छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा, माघ ९ गते नेपाल समुद्रपार निकासी पैठारी सङ्घको आयोजनामा, माघ १० गते नेपाल चेम्बर अफ कमर्सको आयोजनामा र माघ ११ गते नेपाल उद्योग परिसङ्घको आयोजनामा अन्तक्र्रिया गरिने जनाइएको छ ।

त्यस्तै देशभरका विभिन्न भन्सार कार्यालयले व्यवसायी तथा सरोकारवालासँग अन्तक्र्रिया, खेलकुदलगायत विविध कार्यक्रम, रक्तदानलगायत कार्यक्रम गर्नेछन् । अन्तर्राष्ट्रिय भन्सार दिवस मूल समारोह समितिको आयोजनामा माघ १२ गते विभागमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

त्यस्तै देशभरका विभिन्न भन्सार कार्यालयले व्यवसायी तथा सरोकारवालासँग अन्तक्र्रिया, खेलकुदलगायत विविध कार्यक्रम, रक्तदानलगायत कार्यक्रम गर्नेछन् । अन्तर्राष्ट्रिय भन्सार दिवस मूल समारोह समितिको आयोजनामा माघ १२ गते विभागमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।