घलेम्दी हाईड्रोले ३२ लाख कित्ता सेयर बोलकबोल मार्फत बिक्री गर्ने


घलेम्दी हाईड्रो लिमिटेडले बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा शेयर बिक्री गर्ने भएको छ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभएको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर कम्पनीले गोप्य शिल्ड टेन्डरद्वारा बिक्रीमा ल्याएको हो ।

कम्पनीको उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले माघ ९ गते मंगलबारदेखि माघ २३ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ ।

मुक्तिनाथ क्यापिटल लिमिटेड, प्रधान कार्यालय काठमाण्डौ, भक्तपुर, कुमारीपाटी– ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर लगायत ठाउँहरुबाट आवेदन दिन सकिने छ ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । तसर्थ १०० रुपैयाँ भन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।