कुथेली बुखरीको सेयरको लकइन पिरियड सकियो

0
Shares

कुथेली बुखरी स्मल हाईड्रोपावर कम्पनी लिमिटेडको ६ हजार ९३ कित्ता सेयरको लकइन पिरियडको समयावधि सकिएको छ । उक्त सेयरहरुको २०८० माघ ६ गतेबाट लक इनको समयावधि समाप्ती भएको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले २०८० साउन ७ गते सर्वसाधारणहरुमा साधारण सेयर बाँडफाँड गरेको थियो । सामूहिक लगानी कोष नियमावली, २०६७ को परिच्छेद १० को नियम ४६ बमोजिम धितोपत्र सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तीमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्याउनुपर्ने व्यवस्था भए बमोजिम यस कम्पनीले ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याई बाँडफाँड गरेको थियो । 

सर्वसाधारण सेयरको बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था भए बमोजिम कम्पनीले म्युचुअल फन्डलाई बाँडफाँड गरेको ६ हजार ९३ कित्ता सेयरको लकइन सेयरको अवधि माघ ६ गतेदेखि सकिएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।