नेपाल लाइफको अधिकतम ८५ रूपैयाँसम्मको बोनसदर सार्वजनिक

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ८५ रूपैयाँसम्म बोनसदर दिनेगरी नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले योजना अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि प्रतिहजार बीमाङ्कमा न्यूनतम ५० देखि अधिकतम ८५ रूपैयाँसम्म बोनसदर वितरण गर्ने भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमांकीय प्रतिवेदन पारित गरेपछि इन्स्यारेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले हाल सात किसिमका बीमालेखहरू जारी गरेको छ । कम्पनीले जीवन सारथी योजना अन्तर्गत २६ देखि ३० वर्ष र ३० वर्ष अवधिभन्दा माथीका लागि प्रतिहजार ८५ रूपैयाँसम्मको बोनसदर निर्धारण गरेको हो ।

त्यस्तै इन्स्योरेन्सले सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविश्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) तथा सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा) को २६ देखि ३० वर्ष र ३० वर्ष अवधिभन्दा माथीका लागि प्रतिहजार ८२ रूपैयाँसम्मको बोनसदर निर्धारण गरिएको छ ।

जीवन सारथी योजना अन्तर्गत २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ७२ रूपैयाँ, सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा) को २१ देखि २५ वर्ष अवधिका लागि ७२ रुपैयाँ तोकिएको छ । सावधिक जीवन बीमालेख ((सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविश्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) को २१ देखि २५ वर्ष र सावधिक जीवन बीमालेख (जीवन समुन्नत) को २६ देखि ३० वर्ष र ३० वर्ष अवधिभन्दा माथीका लागि ७० रूपैयाँ, सावधिक तथा आजीवन (जीवन साहारा) बीमालेखका २१ देखि २५ वर्ष अवधिका बीमितिले पनि प्रति हजार ७० रुपैयाँको समान बोनसदर निर्धारण गरिएको छ ।

यसैगरी सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा) को १० वर्षसम्म, ११ देखि १५ र १६ देखि २० वर्षसम्मको बीमा पोलेसीका लागि ६५ रुपैयाँ तोकिएको छ । कम्पनीले जीवन सारथी योजना अन्तर्गत १० वर्षसम्म, ११ देखि १५ र १६ देखि २० वर्षसम्मको अवधिका लागि प्रतिहजार ६२ रूपैयाँ बोनसदर निर्धारण गरेको छ ।

प्रकाशित बोनसदर अनुसार सावधिक जीवन बीमालेखको (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविश्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) को १० वर्षसम्म, ११ देखि १५ र १६ देखि २० वर्षसम्म तथा सावधिक तथा आजवीन जीवन बीमालेख (जीवन साहारा) को १० वर्षसम्म, ११ देखि १५ र १६ देखि २० वर्षसम्मको बीमा पोलेसीका लागि पनि समान प्रतिहजार ६० रुपैयाँ बोनसदर तोकिएको छ । साथै सावधिक जीवन बीमालेख (जीवन समुन्नत) को २१ देखि २५ वर्षसम्मको बीमितले पनि प्रतिहजार ६० रुपैयाँ बोनस पाउनेछन् ।

सावधिक जीवन बीमालेख (जीवन समुन्नत) को १० वर्षसम्म, ११ देखि १५ र १६ देखि २० वर्षसम्मको बीमा पोलेसीका लागि पनि समान प्रतिहजार ५६ रुपैयाँ बोनसदर पाउने भएका छन् ।  यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको आग्रिम भुक्तानी (जीवन सम्वृद्धि) योजनामा १५ वर्षे र २० वर्षे योजनाको लागि ५० रुपैयाँ बोनस रहेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेख (धन वर्षा–१५ वर्ष, धनवर्षा २० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) योजनामा प्रति हजार ५० रुपैयाँँ बोनसदर तोकिएको छ ।

कम्पनीको गत आर्थिक वर्षसम्मको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन माघ ३ गते बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीबाट जारी बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीको अर्को बिमाङ्कीय मुल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि आर्थिक वर्ष २०७८–७९ कै बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरुमा, मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।