पाँच दिनमा ७७ अंकले घट्यो सेयर बजार, होटलका सेयरमा पसे लगानीकर्ता

0
Shares

सेयर बजार मंगलबार झिनाे अंक सहित पाँच कारोबार दिन ऋणात्मक भएर बन्द भएको छ । पाँच दिनमा बजार सूचक नेप्से ७६.८६ अंकले ओरालो लागेर २०९८.२९ बिन्दुमा झरेको हो । यसअघि माघ २ गते मंगलबार नेप्से २१७५.१७ बिन्दुमा थियो । माघ ३ गते बुधबार २२१५ अंकसम्म बढेर बजार ब्याक भएको थियो ।

अल्पकालीन लगानीकर्ताहरुले छोटो समयमा नै नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजार घटेपनि लगानीकर्ताले एउटा क्षेत्रबाट गरेको नाफा अर्को उपसमुहगत क्षेत्रका सेयरमा लगानी गरेको देखिएको छ । मंगलबार लगानीकर्ताको प्रवेश होटल तथा पर्यटनमुलक उपसमुहका सेयरमा भएको छ । यसदिन अधिकांश होटलको सेयर मूल्य बढ्दा यो उपसमुहगत सूचक ४.७४ प्रतिशतले बढेर ५६६४.७३ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्से ०.४० अंकको झिनो अंकले घटेको हो । बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि संकुचित भएको छ । नेप्सेसँगै अघिल्लो कारोबार दिनको तुलनामा दैनिक कारोबार रकम २ अर्ब ७ करोड १५ लाखले घटेको छ । यसदिन ३१० कम्पनीका १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर १ लाख १७ हजार ५६६ वटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार ३०७ कम्पनीका १ करोड ८० लाख कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएका थिए ।

यसदिन कारोबारमा आएकामध्ये विकास बैंक, फाइनान्स, लगानी, निर्जीवन बीमा र अन्यकाृ इन्डेक्समा सुधार आएको छ । ब्यापार सर्वाधिक ०.८६ प्रतिशतले घटेको बजारमा जीवन बीमा ०.६६, जलविद्युत ०.५८ र बैंकिङ्ग ०.४२ प्रतिशतले घटेको छ । वाणिज्य बैंकहरुको खराब अवस्थाको वित्तीय विबरण सार्वजनिक भएसँगै बैंकिङ्गमा लगानीकर्ताको अरुचि देखिएको छ । थोरै पुँजी भएका र चलखेल गर्न सकिने किसिमका कम्पनीको सेयरमा कारोबारी लागेका छन् ।

यसदिन चन्द्रागिरी हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १ करोड ३८ लाख कित्ता सेयरको लकइन पिरियड सकिँदा कम्पनीको मूल्य घट्ने विश्वास गरिएपनि त्यसको विपरित हिल्सको सेयर मूल्य ८६ रुपैयाँ ३० पैसाले बढेर ९४९ रुपैयाँ ३० पैसा पुगेको हो । यस्तै नेपाल ल्यूब आयलको ९.९९ प्रतिशत,एनएमबि माइक्रोफाइनान्सको ९.९२, तेह्रथुम पावरको ९.८८, आईएमई प्रुडेन्सियलको ७.२१, दोर्दीखोला जलविद्युतको ६.९९, सिवाईसि नेपाल लघुवित्त ६.३२, ९% एसबिआई ऋणपत्र २०८९ को ६.०६, तारागाउँ रिजेन्सी होटल ५.५६ र सनराइज फोकस इक्वीटी फन्डको इकाईमूल्य ५.४० प्रतिशतले बढेको छ । ओरियन्टल होटलको ५.१४, सिटि होटल ४.९८, कालिञ्चोक दर्शनको ४.८९, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४.३३, सोनापुर मिनरल्स एण्ड आयलको ४.०८ र न्यादी हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

यसदिन मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.२० प्रतिशतले घटेर ५७५ रुपैयाँमा झरेको छ । यस्तै गुराँस लघुवित्तल ५.९०, अपर स्याङ्गे हाइड्रोपाावरको ४.८४, आशा लघुवित्तको ४.६७ र लक्ष्मी इब्वीटी फन्डको इकाई मूल्य ४.३२ प्रतिशतले घटेको छ । कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयरका आधारमा पहिलो स्थानमा हिमालयन रि इन्स्योरेन्स कम्पनी रहेका छ । यसदिन हिमालयन रिको ८ लाख ४१ हजार २२ कित्ता सेयर ३२ हजार ११ पटक किनबेच हुँदा ५५ करोड ९ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । दैनिक कारोबारमा कम्पनीको हिस्सा १३% छ ।

यसैगरी अपि पावरको १८ करोड १० लाख, एनआरएन इन्फ्रास्टक्चरको १३ लाख ५५ हजार, ङादी ग्रुप पावको ११ करोड ६० लाख, सोनापुर मिनरल्स एण्ड आयलको १० करोड ६७ लाख र अरुण काबेली पावरको १० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार बजारमा पुँजीकरण अघिल्लो दिनको तुलनामा ६२ करोड ८३ लाख १९ हजार रुपैयाँले घटेर ३२ खर्ब ९५ अर्ब ६७ करोड ५१ लाख ५८ हजार रुपैयाँ सीमित भएको छ । अघिल्लो दिन सोमबार ५० अर्बले घटेर ३२ खर्ब ९६ अर्ब ३० करोड ३४ लाख ७७ हजार ९२५ रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ