गोर्खाज फाइनान्सले सर्वाधिक नाफा कमाउँदा प्रोगेशिभ सबैभन्दा खराबमा, अन्यको कस्तो ?

0
Shares

नेप्सेमा सूचीकृत १५ ओटै फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । समीक्षा अवधिमा दश कम्पनीले ३८ करोड २७ लाख ७८ हजार रुपैयाँ नाफा कमाउँदा पाँच कम्पनीले २९ करोड ६५ लाख ३६ हजार रुपैयाँ नोक्सानी ब्यहोरेका छन् । समग्रमा फाइनान्सहरुको नाफा ८ करोड ६२ लाख ४१ हजारमा सीमित भएको छ ।

अघिल्लो आव २०७९–८० को ६ महीना अवधिमा बाह्र कम्पनीले ३८ करोड ५० लाख ८३ हजार रुपैयाँ नाफा कमाएका थिए । सो अवधिमा तीन कम्पनीलको नोक्सानी १२ करोड ८८ लाख ९१ हजार रुपैयाँ थियो । उक्त अवधिमा फाइनान्सहरुको कुल नाफा २५ करोड ६१ लाख ९२ हजार रुपैयाँ कायम थियो । समीक्षा अवधिमा फाइनान्सहरुको नाफा समग्रमा ६६.३४ प्रतिशतले घटेको हो ।

रिपोर्ट अनुसार अघिल्लो आवको पुसको तुलनामा ७ फाइनान्सले आफ्नो वित्तीय अवस्था केही सुधार गरेका छन् भने ८ ओटाको अवस्था अझै खस्किएको छ । चालु आर्थिक वर्षको ६ महीनासम्ममा गोर्खाज फाइनान्सको मुनाफा सबैभन्दा धेरै १२ करोड १६ लाख ५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको मुनाफा भन्दा ८१.०७ प्रतिशत बढी हो । कम्पनीले २०७९ पुससम्म ६ करोड ७१ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

गोर्खाजपछि मञ्जुश्री फाइनान्सले १० करोड ५४ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको यो खुद नाफा पनि २०७९ पुसमा कमाएको रकमभन्दा २२.७५ प्रतिशत कम हो । चालु आर्थिक वर्षको तेस्रो धेरै नाफा कमाउने फाइनान्स कम्पनी आइसिएफसि रहेको छ । कम्पनीको मुनाफा ५ करोड ३२ लाख २२ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३५.८९ प्रतिशतले धेरै हो ।

त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा पोखरा फाइनान्सको खुद नाफा १८.३३ प्रतिशतले घटेर २ करोड ९० लाख ५४ हजार रुपैयाँ कायम भएको छ । यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सले २ करोड ५६ लाख ४४ हजार रुपैयाँ, नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो पुसको तुलनामा २३.६६ प्रतिशत बढी हो । समीक्षा अवधिमा गुडविल फाइनान्सको खुद नाफा पनि ५१.२५ प्रतिशतले घटेर २ करोड २८ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । पुससम्मममा मल्टीपर्पस फाइनान्सको खुद नाफा १ करोड १२ लाख ४९ हजार रुपैयाँ छ । अघिल्लो पुससम्म २३ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सले ३८२.५८ प्रतिशतले नाफा बढाएको हो । यस्तै बेष्ट फाइनान्सले पनि ११.८१ प्रतिशतले नाफा वृद्धि गर्दै २०८० पुससम्ममा १ करोड ८ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

तथ्याङ्क अनुसार जानकी फाइनान्सको नाफा १९ लाख ८६ हजारमा सीमित भएको छ । अघिल्लो पुससम्म १ करोड ४५ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको नाफा ८६.३८ प्रतिशतले घटेको हो । नेपाल फाइनान्सको नाफा पनि ४७ लाख ३१ हजारबाट ८२.८३ प्रतिशतले घटेर ८ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

Finance Company  Net Profit in Rs Thousand
S.N. Sector- Finance Stock Symbol FY 2080-81 Q2 FY 2079-80 Q2 Change% 
1 Gurkhas Finance Ltd. GUFL 121605.72 67157.10 81.08
2 Manjushree Finance Ltd. MFIL 105471.00 136529.00 -22.75
3 ICFC Finance Limited ICFC 53222.14 39165.09 35.89
4 Pokhara Finance Ltd. PFL 29054.05 35575.61 -18.33
5 Shree Investment Finance Co. Ltd. SIFC 25644.88 20737.82 23.66
6 Goodwill Finance Co. Ltd. GFCL 22885.22 46943.10 -51.25
7 Multipurpose Finance Company Limited MPFL 11249.57 2331.61 382.48
8 Best Finance Company Ltd. BFC 10847.57 9702.28 11.80
9 Janaki Finance Ltd. JFL 1986.02 14592.47 -86.39
10 Nepal Finance Ltd. NFS 812.27 4731.24 -82.83
11 Samriddhi Finance Ltd. SFCL -21345.00 -77370.00 -72.41
12 Central Finance Co. Ltd. CFCL -47646.03 399.22 -12034.93
13 Reliance Finance Ltd. RLFL -54765.00 -38496.00 42.26
14 Guheshowori Merchant Bank & Finance GMFIL -67030.00 7219.00 -1028.52
15 Progressive Finance Limited PROFL -105750.89 -13025.03 711.91

पाँच फाइनान्सको मुनाफा ऋणात्मक

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा पाँच ओटा फाइनान्सले २९ करोड ६५ लाख ३६ हजार रुपैयाँ नोक्सानी ब्यहोरेका छन् ।  समीक्षा अवधिमा प्रोगेशिभ फाइनान्सले सबैभन्दा धेरै १० करोड ५७ लाख ५० हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । अघिल्ले आवमा पनि फाइनान्सको नाफा १ करोड ३० लाख ऋणात्मक रहेको थियो ।

यसैगरी चालु आर्थिक वर्षको ६ महीनामा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको पनि ६ करोड ७० लाख ३० हजार रुपैयाँ खुद नोक्सानी छ । २०७९ पुसमा फाइनान्स ७२ लाख १९ हजार नाफामा थियो । त्यस्तै रिलायन्स फाइनान्स ५ करोड ४७ लाख ६५ हजार रुपैयाँ, सेन्ट्रल फाइनान्स ४ करोड ७६ लाख ४६ हजार रुपैयाँ र समृद्धि फाइनान्स २ करोड १३ लाख ४५ रुपैयाँ खुद नोक्सानीमा छन् । २०७९ पुस समान्तसम्ममा पुसमा सेन्ट्रल फाइनान्स ४ लाख रुपैयाँ नाफामा थियो भने रिलायन्स फाइनान्स ३ करोड ८४ लाख ९६ हजार र समृद्धि फाइनान्स ७ करोड ७३ लाख ७० रुपैयाँ नोक्सानीमा रहेको थियो । समृद्धि फाइनान्सले नोक्सानी घटाएको हो भने बाँकी सबैको अघिल्लो पुसको तुलनामा अवस्था खराब बनेको छ ।

कसको प्रतिसेयर आम्दानी कति ?

पुससम्ममा गोर्खाज फाइनान्सको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) सबैभन्दा धेरै २८.०२ रुपैयाँ रहेको छ । अघिल्लो पुसमा १५. ४७ रुपैयाँ रहेको फाइनान्सको नाफा वृद्धिसँगै १२.५५ रुपैयाँले इपीएस बढेको हो ।

यसैगरी २०८० पुससम्मको नाफाका आधारमा आइसिएफसि फाइनान्सको वार्षिक इपीएस पनि २.३ रुपैयाँले बढेर ८.९९ रुपैयाँ पुगेको छ । पोखरा फाइनान्सको ५.३७, श्री इन्भेष्टमेन्ट फाइनान्सको ५.२२, गुडविल फाइनान्सको ४.८४, मञ्जुश्री फाइनान्सको ३.६९, मल्टिपपर्स फाइनान्सको ३.६९, बेष्ट फाइनान्सको वार्षिक इपीएस २.५४ रुपैयाँ रहेको छ । जानकी फाइनान्सको २९ पैसा र नेपाल फाइनान्सको वार्षिक इपीएस २२ पैसा रहेको छ ।

Finance Company Earning Per Share
S.N. Sector -Finance Stock Symbol FY 2080-81 Q2 FY 2079-80 Q2 Change 
1 Gurkhas Finance Ltd. GUFL 28.02 15.47 12.55
2 ICFC Finance Limited ICFC 8.99 6.62 2.37
3 Pokhara Finance Ltd. PFL 5.37 6.84 -1.47
4 Shree Investment Finance Co. Ltd. SIFC 5.22 4.22 1.00
5 Goodwill Finance Co. Ltd. GFCL 4.84 8.83 -3.99
6 Manjushree Finance Ltd. MFIL 3.69 1.03 2.66
7 Multipurpose Finance Company
MPFL 3.69 1.03 2.66
8 Best Finance Company Ltd. BFC 2.54 2.34 0.20
9 Janaki Finance Ltd. JFL 0.29 4.23 -3.94
10 Nepal Finance Ltd. NFS 0.22 13.49 -13.27
11 Samriddhi Finance Ltd. SFCL -5.21 -18.90 13.69
12 Guheshowori Merchant Bank & Finance GMFIL -6.62 0.76 -7.38
13 Reliance Finance Ltd. RLFL -9.77 -6.87 -2.90
14 Central Finance Co. Ltd. CFCL -10.04 0.08 -10.12
15 Progressive Finance Limited PROFL -24.94 -3.07 -21.87

 

पाँच फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । प्रोगेशिभ फाइनान्सको सबैभन्दा धेरै २९.९४ रुपैयाँ ऋणात्मक रहँदा सेन्ट्रल फाइनान्सको पनि १०.०४ रुपैयाँ नकारात्मक छ । यस्तै रिलायन्स फाइनान्सको वार्षिक इपीएस ९.७७ रुपैयाँ, गुहेश्वरी मर्चेन्टको ६.६२ र समृद्धि फाइनान्सको ५.२१ पैसा ऋणात्मक छ । अघिल्लो पुसमा समृद्धि फाइनान्सको इपीएस सबैभन्दा धेरै १८.९० रुपैयाँ ऋणात्मक थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।