पोखरामा पौने दुई अर्ब लगानीमा बिएन्डबि लेक रिसोर्ट अपार्टमेन्ट निर्माण हुँदै

0
Shares

पर्यटकिय नगरी पोखरामा १ अर्ब ७६ करोड ५० लाख लगानीमा बि एन्ड बि लेक रिसोर्ट निर्माण भइरहेको छ ।

सन् २०२५ को जुलाई महिनामा निर्माण कार्य सम्पन्न हुनेगरी हाल पोखरामा भव्य सर्भिस अपार्टमेन्ट निर्माणाधिन छ ।

कुल निर्माण लागत मध्ये ग्राहकहरुबाट ६५ करोड एड्भान्स, ६० करोड कर्जा र ५१ करोड ५० लाख लगानीकर्ताहरुको लगानी रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि ८ किलोमिटरको दुरिमा निर्माण भइरहेको उक्त अपार्टमेन्टमा ११७ वटा युनिटहरु हुनेछन् ।

हालसम्म ग्राहकहरुले ११७ मध्ये १२ वटा युनिट मात्रै बुकिङ गरेका छन् । जसबाट निर्माण कम्पनीले २ करोड ५० लाख एड्भान्स संकलन गरेको छ । पछिल्लो समयमा अपार्टमेन्टमा बसोबास गर्ने तथा अपार्टमेन्ट खरिद गरि भाडामा दिने प्रचलन बढेसंगै देशभरका विभिन्न ठाउँमा अपार्टमेन्ट निर्माण गर्ने संख्या बढेको छ ।

नेपाल राष्ट्र बैंकले हाउजिङ कर्जाको सिमा १ करोड ५० लाखदेखि बढाएर २ करोड तोकेपछि अपार्टमेन्ट खरिद गर्ने मानिसहरुको संख्या बढेको छ । यस्तै राष्ट्र बैंकले घर तथा अपार्टमेन्ट निर्माण गर्ने लाइसेन्स प्राप्त कन्सट्रक्टरको जोखिम भार घटाएर १०० प्रतिशत पुर्याएको छ । यसरी नितिगत तहबाट समेत सहजता हुँदा नेपालमा समेत अपार्टमेन्टको संस्कृति विकास भएको छ ।

सन् २०१८ को अगस्ट महिनादेखि बिएन्डबि लेक रिसोर्ट अपार्टमेन्ट प्रालिले अपार्टमेन्ट निर्माणको प्रक्रिया सुरु गरेको थियो । सन् २०२३ को अगस्ट महिनासम्ममा अपार्टमेन्टको ५६ प्रतिशत हिस्सा निर्माण भएको कम्पनीले जनाएको छ ।

कुल १ लाख ६५ हजार ५२८ वर्ग फिट जग्गामा निर्माण भइरहेको अपार्टमेन्ट सन् २०२५ को जुलाई महिनादेखि सन्चालनमा आउने छ । तथापि कम्पनीले अपेक्षा गरे अनुसार ग्राहकहरुले अड्भान्स बुकिङ नगर्दा अपार्टमेन्ट सन्चालनमा कठिनाइ हुने देखिन्छ ।

रियल स्टेट क्षेत्रमा लामो समय काम गरेका होम बहादुर बसेल कम्पनीका अध्यक्ष रहेका छन् । कम्पनीले ६० करोड बराबरको दीर्घकालिन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरनेपालले कम्पनीलाई ६० करोड कर्जाका लागि बि प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।