नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नदिने-निर्णय गर्न अध्ययन समिति

0
Shares

सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स आवश्यक छ छैन भनेर अध्ययन गर्नका लागि समिति गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाएको थियो । बोर्डले आवेदन समेत आह्वान गरीसकेको अवस्थामा चौतर्फि विरोध भएपछि सरकारले गत बैशाख अन्तिममा मन्त्रिपरिषबाटै निर्णय गराउदै लाइसेन्स प्रक्रिया रोकेको थियो ।

लाइसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको करिब ८ महिनापछि सरकारले अध्ययन गर्ने भन्दै राष्ट्र बैंकका सञ्चालक तथा पस्र्व डेपुटि गर्भनर शिवाकोटीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । मंगलबारको मन्त्रिपरिषदको निर्णय सुनाउदै सञ्चार मन्त्री रेखा शर्माले धितोपत्र बजार सञ्चालन गर्ने नयाँ संगठित संस्था स्थापनाका विषयमा अध्ययन गर्नका लागि समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन । मन्त्री शर्माले संयोजक शिवाकोटी रहेको भएपनि बाँकी २ सदस्यको विषयमा टुङगो लागि नसकेको जानकारी दिइन ।

यसभन्दा अघि संघिय संसदको प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिले नेपाल स्टक एक्सचेन्जलाई सुधार नगरी नयाँ स्टकको लाइसेन्स दिन नहुने निष्र्कसहितको अध्ययन गरेको थियो ।

अर्थसमितिले नेपाल स्टक एक्सचेन्जमा विदेशी साझेदार भित्र्याउने तथा संरचनागत सुधार गरेर मात्र नयाँ स्टकको लाइसेन्स दिन सकिने भन्दै धितोपत्र बोर्डलाई निर्देशन पनि दिएको थियो ।

अर्थ समितिले उक्त विषयमा तत्कालिन सांसद रामकुमारी झाक्रीको संयोजकत्वमा उपसमिति गठन गरेर अध्ययन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।