अमेरिकी डलरको भाउ घट्यो, बिहीबार कुन विदेशी मुद्राको भाउ कति ?


बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४४ रुपैयाँ ६० पैसा र बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्री दर १६९ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५८ पैसा र बिक्री दर ८७ रुपैयाँ ९७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०५ पैसा र बिक्री दर २८ रुपैयाँ १७ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ ।

बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार  ०७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।