मिर्मिरे लघुवित्तको लाभांश रद्द

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश रद्द भएको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइएकोमा केन्द्रीय बैंकले लाभांश वितरण गर्न अनुमति नदिएपछि उक्त लाभांश रद्द भएको हो ।

माघ १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले माघ ८ गतेको पत्राचार गर्दै वित्तीय विवरण संसोधन गरी पेश गर्ने निर्देशन बमोजिम सञ्चालक समितिको २०८० माघ १० गते अपरान्ह ४ बजे बसेको २८५ औं बैठकबाट उक्त प्रस्तावित लाभांस रद्ध गरिएको कम्पनी सचिव तुलसी राम पाठकले जानकारी दिए । 

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड पुस १३ गते शुक्रबार बसेको सञ्चालक समितिको २८३ औं बैठकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण पास गरी विद्यमान चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार २७२ रुपैयाँ ४५ पैसाको ६.३२ प्रतिशतले हुन आउने कर प्रयोजन सहित ४ करोड २० लाख ७६ हजार ३०२ रुपैयाँ २० पैसा वितरण गर्नको लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाईएको थियो ।

राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएपछि प्रस्तावित लाभांश रद्द गरिएको लघुवित्तले जनाएको हाे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।