आँखुखोलाको जलविद्युतको वार्षिक सधारण सभा माघ १४ गते

0
Shares

आँखुखोलाको जलविद्युत कम्पनीको ११ औं र १२औं वार्षिक सधारण सभा माघ १४ गते बिहान ११ बजे नक्साल बैंक्वेट, काठमाडौंमा हुने भएको छ ।

गत पुस २८ गते हुने भनि मिति तय भएको कम्पनीको सभा आवश्यक गणपुरक संख्या नपुगी स्थगित भएको थियो ।

कम्पनीले साधारण सभा मार्फत सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका एजेण्डाहरु पारित गराउनेछ ।