पुससम्म साढे २ करोड लघुजीवन बीमाशुल्क संकलन

0
Shares

चालु आर्थिक वर्षको ६ महीना अर्थात पुस मसान्तसम्ममा तीन ओटा लघु जीवन बीमक कम्पनीहरुले २ करोड ५२ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गार्डियन, क्रेष्ट र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १४ हजार ४१ ओटा बीमालेख जारी गरेर उक्त बीमाशुल्क संकलन गरेका हुन् । तीन ओटा कम्पनीले पुसमा मात्रै ५ हजार ९७२ ओटा बीमालेख जारी गरेर १ करोड ४३ लाख २२ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

पुस मसान्तसम्ममा क्रेष्ट माइक्रो लाइफले सर्वाधिक व्यापार गरेको छ । कम्पनीले पुसमा ९५ लाख ८५ हजार सहित कुल १ करोड ५७ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी यो अवधिसम्म गार्डियनले पुसमा ३० लाख ७८ हजार रुपैयाँ सहित ६६ लाख ३५ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले पुसमा १६ लाख ५८ हजार सहित २८ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

पुससम्म क्रेष्टको कुल सक्रिय रहेको बीमालेख संख्या ८ हजार ५३२, गार्डियनको ४ हजार ६५८ र लिबर्टीको ८५१ ओटा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।