वित्तीय आधारमा कमजोर युनियन हाइड्रोको ३५ करोडको आईपीओ चैत १३ देखि

0
Shares

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले चैत १३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा चैत १७ र ढिलोमा बैशाख १२ गतेसम्म तोकिएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिन पाइने लक्ष्मीले जानकारी दिएको छ ।

कुल निष्कासन मध्ये ७० हजार ६८६ कत्ता कर्मचारीलाई निष्कासन गर्ने भएको हो । कम्पनीले लमजुङ्गमा ३ मेगावाटको मिदिम करापु साना जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाको कुल लागत ७९ करोड ५० लाख ७७ हजार रुपैयाँ छ । आयोजना बनाउन प्रतिमेगावाट २६ करोड ५० लाख २५ हजार रुपैयाँ रहेको छ ।

निजी क्षेत्रबाट निर्माण गरिएको यो धेरै महंगो आयोजना हो । निजी क्षेत्रबाट निर्माण हुने आयोजनाको लागत औसत प्रतिमेगावाट १८ करोड रुपैयाँ हारहारीमा छ । युनियन अन्य आयोजनाको तुलनमा झण्डै ९ करोड रुपैयाँ लागत बढी रहेको छ ।

इक्रा नेपाल लिमिटेडले युनियनको आईपीओलाई ग्रेड ५ को प्रमाणपत्र दिएको छ । वित्तीय आधार कमजोर र न्युन प्रतिफल भएका आयोजनाले मात्र ५ ग्रेड पाउने गरेका छन् । आयोजनाले संस्थागत आयकर (कर्पोरेट) छुट पाएकाले राम्रो प्रतिफल दिने आब्हानपत्रमा उल्लेख गरेको छ ।

यस्तै उसले बीमा गरिएकाले जोखिम नभएको जानकारी दिएको छ । आईपीओ बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी ७५ करोड पुग्ने छ । आईपीओबाट संकलन हुने मध्ये २१ करोड ५७ लाख रुपैयाँ विभिन्न बैंकबाट लिएको ऋण तिर्ने र निर्माण र प्रशासनिक खर्चमा उपयोग गरिने कमपनीले जनाएको छ ।कम्पनी चालु आर्थिक वर्षसम्म नोक्सानमा हुने र आगामी आर्थिक वर्षदेखि नाफामा जाने आब्हानपत्रमा उल्लेख छ ।