बोटलर्स नेपाल तराईको नगद लाभांश वितरण

0
Shares

बोटलर्स नेपाल तराई लिमिटेडले नगद लाभांश वितरण गरेको छ । कम्पनीले पुस २९ गतेदेखि सेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

कम्पनीले लाभांश रकम शेयरधनीहरुको बैंक खातामा आईपिएस मार्फत जम्मा गर्दा लाग्ने शुल्क सम्बन्धीत सेयरधनी स्वयमले नै ब्यहोर्नुपर्ने जानकारी दिएको छ । कम्पनीको पुस २७ गते सम्पन्न ३७ औं वार्षिक साधारण सभाबाट प्रतिसेयर ६० रुपैयाँ नगद (६० प्रतिशत) लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

साथै कम्पनीले हितग्राही (डिम्याट) खातामा बैंक खाताको विवरण अद्यावधिक गर्न गराउन बाँकी रहेका सेयरधनीहरुलाई यशाशीघ्र अद्यावधिक गर्न भनेको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश रकम जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ २०८० पुस २० गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।