गार्डियन माइक्रो लाइफले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभा फागुन ६ गते होटल एअरपोर्ट, बिराटनगर, मोरङ्गमा बिहान १ बजे सुरु हुने छ । सभाले कम्पनीको साधारण शेयर (आईपीओ) सर्वसाधारणलाई जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै, सभाले आ.व.२०७९\०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहित पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।