रिडी पावर कम्पनीले तोक्यो हकप्रदको बुकक्लोज

0
Shares

रिडी पावर कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

दुई बराबर एक कित्ता हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले माघ २२ गते सोमबार एकदिन बुकक्लोज गर्ने भएको हो । बुकक्लोज अनुसार माघ २१ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र कम्पनीले बिक्रीमा ल्याउने हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले पुँजी बजारका नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट २ः१ अनुपातमा प्रतिकित्ता १०० अंकित मूल्यमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न पुस १९ गते अनुमति पाएको थियो ।

हकप्रद वापत संकलन हुने पुँजी हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफी जलविद्युत आयोजना निर्माण गर्ने बताइएको छ । उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

हाल चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको रिडी पावरको हकप्रद बिक्री पश्चात २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।