गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी


गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन् ।

फाइनान्स सञ्चालक समितिको सोमबार बसेको सञ्चालक समितिको बैठकले मुनकर्मीलाई आगामी ४ वर्षका लागि अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

फाइनान्सको सोमबार नै सम्पन्न साधारणसभाले चयन गरेको नयाँ सञ्चालक समितिको प्रतिनिधत्व गर्दै मुनकर्मी फाइनान्सको अध्यक्ष चयन भएका हुन् ।

साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक सर्वसम्मत चयन गरेको थियो । सो पश्चात बसेको सञ्चालक समितिको पहिलो बैठकले मुनकर्मीलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

साधारण सभाले संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी जोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठलाई सञ्चालकमा सर्वसम्मत गर्ने निर्णय गरेको थियो । जसमा उदयश्वर श्रेष्ठ मात्र नयाँ अनुहार हुन् ।

फाइनान्सले यस पटक आफ्ना लगानीकर्तालाई लाभांश वितरण गरेको छैन । गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।