सुनको भाउ लगातार दुई दिन बढ्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ?


मंगलबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ । सोमबार ३०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार पुन सोही भाउले वृद्धि भएको हो ।

मंगलबार छापावाला सुनको भाउ १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४२० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार ४०५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३२ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।