इसेवा र फेवा बजारबीच अनलाइन भुक्तानी सम्झौता, ५ % सम्म क्यासब्याक अफर

0
Shares

भुक्तानी सेवा प्रदायक इसेवा र पछिल्लो समय आक्रामक रूपमा बजार हिस्सा बढाइरहेको ई-कमर्श कम्पनी फेवाबजारबीच अनलाइन भुक्तानी सम्झौता भएको छ।

फेवा बजारले हरेक महिना ५ देखि १७ गतेसम्म सञ्चालन गर्ने फेवाबजार विशेष अफरमा इसेवाबाट भुक्तानी गर्दा ५ प्रतिशतसम्म क्यासब्याक पाइने भएको हो। विशेष अफरमा ५० प्रतिशतसम्म छुट र किस्ताबन्दीमा २० हजार देखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिने फेवाबजारको भनाई छ ।

फेवाबजारबाट विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स्, इलेक्ट्रिकल,किचन एप्लाइन्स्, फर्निचर, क्लोथिङ, स्टेसनरी,ग्रोसरी,कस्मेटिक, मेसिनरी औजार लगायतका सामाग्री अनलाइनमार्फत खरिद गर्न सकिनेछ । खरिदगरिएको सामाग्रकिो होम छिटो र सहज तरिकाले होम डेलिभरी हुने छ ।

फेवा बजार पश्चिम नेपालमा स्थापीत इकमर्स कम्पनी हो । पोखरा, लेखनाथ, बाग्लुङ,बेनी, दुलेगौँडा, भिमाद, डुम्रे र काठमाडोमा समेत आउटलेट सञ्चालन गरेको छ भने नेपालभर होम डेलिभरको सेवा दिदै आएको छ ।

इसेवा नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भुक्तानी सेवा प्रदायक हो । सन् २००९ बाट सञ्चालन रहेको इसेवामा २५ लाख ग्राहक रहेका छन् । इसेवामा ५५ बैंक तथा वित्तिय संस्था र ६० हजार भन्दा धेरै सेवाहरू रहेका छन् ।