बुधबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा रहेको छ ।
मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरो १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ ।
बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसामा कारोबार भइरहेको छ । उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५२ पैसा र बिक्री दर ८७ रुपैयाँ ९२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०३ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया