सुनको भाउ लगातार बढ्दै, बुधबार कतिमा हुँदैछ कारोबार ?


स्थानिय बजारमा सुनको भाउ लगातार वृद्धि भइरहेको छ । मंगलबार ३०० रुपैयाँले बढेको सुनको भाउ बुधबार १०० रुपैयाँले बढेको हो । सोमबार सुनको भाउ ३०० रुपैयाँले बढेको थियो ।

बुधबार छापावाला सुनको भाउ १ लाख १८ हजार ७०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४२० रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३४ दशमलव १ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ०७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।