सर्वोत्तम सिमेन्टको आईपीओ वैदेशिक रोजगारीमा रहेका ५ हजार ३४० जनाले पाए


सर्वोत्तम सिमेन्ट लिमिटेडले वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आइपीओ बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बाँडफाँड गरेको हो ।

सर्वोत्तमले नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट जारी गरेको आइपीओमा गोलाप्रथामार्फत ५ हजार ३४० जनाले ५० कित्ताका दरले सेयर पाएका छन् ।

बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था बमोजिम न्यूनतम ५० कित्ताका दरले नै सेयर बाँडफाँड गरिएको हो । वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो ।

सदर भएका ३३ हजार ८१० मध्ये गोलाप्रथामार्फत ५ हजार ३४० जनाले सेयर पाएका हुन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।