एनआईसी लघुवित्तको सञ्चालकमा दिपेन कार्की

0
Shares

एनआईसी एशिया लघुवित्त संस्था लिमिटेडको सञ्चालनमा दिपेन कार्की चयन भएका छन् ।  एनआईससी एशिया बैंकले माघ २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कार्कीलाई प्रतिनिधि सञ्चालक नियुक्त गरेको हो ।

लघुवित्तको माघ १७ गते बुधवार बिहान १० बजे बसेको सञ्चालक समितिको २०३ औं बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि कार्कीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा उल्लेख भएको व्यवस्था बमोजिम उक्त बहाल पदको लागि कार्कीबाट सपथ ग्रहण समेत भैसकेको कम्पनी सचिव दिपित श्रेष्ठले जानकारी दिए ।

बैंकका प्रतिनिधि गर्दै आएका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले दिएको राजीनामा स्वीकृत भएपछि बाँकी रहेको कार्यकालसम्मको लागि कार्कीलाई सञ्चालक पदमा मनोनयन गरिएको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।