उद्योगी र बैंकको मनोबल उच्च हुने गरी नीति तर्जुमा हुन्छ : डेपिुटि गभर्नर मिश्र

0
Shares

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशका उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताएका छन । उनले नेपाल राष्ट्र बैंकले नीति निर्देशन तर्जुमा गर्दा पनि सोही अनुसार गर्दै आएको बताए।

नेपाल बैंकर्स संघ र युएसएड ट्रेड एण्ड कम्पीटेटीभनेसको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अहिले पनि बैंकहरुले कुनै न कुनै रुपमा हेजिङ्गको सुविधा उपभोग गर्दै आएको बताए । हेजीङ्ग सुविधाको लागि संस्थागत संयन्त्रको कार्यान्वयन विषयको छलफलमा उनले बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताको आधारमा त्यसको उपयोग गर्न सक्ने बताए । कार्यक्रममा बैंकरहरुले चालु आवको मौद्रिक नीतिको दोस्रो त्रैमास समीक्षाका लागि सुझाव समेत दिएका थिए ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तराष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिको लागि ठुलो लगानी खाँचो पर्ने बताए । उनले बाह्य लगानीलाई देशमा कसरी भित्राउन सकिन्छ भन्ने विषय महत्वपुर्ण रहेको बताए । नेपालले लिएको दिगो विकासको लक्ष्य परिपूर्तिको लागी पनि नेपालमा ठुलो स्रोत चाहिने बताउदै केसीले भने,“देश भित्रका बैंक तथा वित्तीय संस्थाले मात्र त्यसको परिपूर्ति गर्न नसक्ने परिस्थीतिमा बैदेशिक लगानी अपरिहार्य रहेकाले सरकारले यसको सहजताको लागि थप पहल गर्नुपर्ने देखिन्छ ।”

त्यसैगरी कार्यक्रममा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिमा भएका केही नीतिगत व्यवस्थाहरु र हेजिङ्ग जस्तो महत्वपूर्ण बिषयमा सम्बन्धित सबै सरोकारवालाहरु एकै ठाउँमा छलफल गर्ने वातावरण बनेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।