नेरूडे लघुवित्तले फागुन ११ गते डाक्यो साधारण सभा

0
Shares

नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उद्योग संगठन मोरङ, विराटनगरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले नेरूडे लघुवित्त र अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरू गाभ्ने–गाभिने वा प्राप्ति गर्ने विषयमा समेत सभाले आवश्यक निर्णय गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।

यस्तै गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । लघुवित्त कम्पनीले सेयरधनीलाई भने कुनैपनि लाभांश वितरणको प्रस्ताव गरेको छैन । अघिल्लो कम्पनीले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुधबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार माघ २३ गते मंगलबारसम्म नेप्सेमा सेयरकारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।