अमेरिकी डलरको भाउ बिहीबार पनि घटेको छ । बुधबार ४ पैसाले घटेको अमेरिकी डलरको भाउ बिहीबार पुनः १० पैसाले घटेको हो ।
बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्री दर १६८ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ । उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २५ पैसा र बिक्री दर ८७ रुपैयाँ ६५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०३ पैसा र बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ ।
बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया