स्थानिय बजारमा सुनको भाउ लगातार वृद्धि भइरहेको छ । अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा पनि परेको हो । नेपालमा अन्तराष्ट्रिय बजारको आधारमा मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार, मंगलबार र बुधबार गरी कूल ७०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार पुन ५०० रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख १९ हजार २०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुनको भाउ १ लाख १८ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४६ दशमलव १ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया