तल्लो सोलुखुम्बुको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आगामी अक्टोबरमा ट्रेल म्याराथन आयोजना गरिने भएको छ । बुधबार यहाँ पत्रकार सम्मेलन गरेर सर्वाधिक राशिकोे ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ तीन लाख रुपैयाँ राशिको उक्त प्रतियोगिताको घोषणा गरिएको हो ।
सोलुखुम्बुको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय ट्रेल म्याराथनको आयोजना गरिएको प्रतियोगिताका संयोजक भुवनसिंह राईले बताए ।
त्रिचालिस किलोमिटर म्याराथनमा १६ वर्ष माथिका स्वदेशी तथा विदेशी महिला÷पुरुषले भाग लिनसक्ने छन् । म्याराथनका शीर्ष तीन विजेतालाई क्रमशः तीन लाख रुपैयाँ, दुई लाख रुपैयाँ र एक लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना पाँच\पाँच जना धावकलाई पाँच\पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ । महिला र पुरुषतर्फको प्रतिस्पर्धा विजेतालाई समान पुरस्कारको व्यवस्था मिलाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया