बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा २२% घट्यो

0
Shares

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफा करिब २२ प्रतिशतले घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८ करोड ७९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २१.९५ प्रतिशत कम हो । २०७९ पुस समान्तसम्म कम्पनीले ११ करोड २६ लाख ६१ हजार रुपैयाँ खुद नाफा थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेपनि खुद नाफा भने घटेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आय २४ करोड ७३ लाख ४६ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा विद्युत बिक्री मार्फत १६ करोड १६ लाख ३० हजार रुपैयाँ आम्दानी गरेकोमा ५३.०३ प्रतिशतले बढेको हो ।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीले रुदि खोला बि आयोजनाको सहायक हेडवक्र्सको निर्माण कार्य सम्पन्न भइनसकेको हुँदा आयोजनाको सम्पूर्ण खर्चलाई स्थिर सम्पत्तीमा परिणत गरी पूँजीकृत खर्चलाई स्थीर सम्पत्तिमा परिणत गरी आयोजनाको बाँकी अवधि गणना गरी स्ट्रेटलाइन विधिबाट ह्रासकट्टी गरेको कारण खुद नाफा घट्न पुगेको कम्पनीले जनाएको छ।

चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको नाफासँगै वार्षिक प्रति सेयर आम्दानी पनि घटेको छ । गत आवको यसै अवधिमा २२ रुपैयाँ ५३ ैिसा रहेको कम्पनीको इपीएस पुससम्म ५ रुपैयाँ ७८ पैसा घटेर १६ रुपैयाँ ७५ पैसा कायम भएको हो ।

समीक्षा अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ ११६ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३०.२० गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।