आरम्भ चौतारीको खुद नाफासँगै अधिकांश सूचक घट्यो

0
Shares

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफासँगै अधिकांश सूचकमा गिरावट देखिएको छ ।  आज सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा, खुद ब्याज आम्दानी, सञ्चालन नाफा, खुद नाफा, निक्षेप संकलन, कर्जा लगानी सबै घटेका हुन् ।

सार्वजनिक वित्तीय विवरण अनुसार पुससम्म लघुवित्तको खुद नाफा ३९.३६ प्रतिशत घटेर १ करोड २४ लाख ९१ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा २ करोड ६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै वितरणयोग्य नाफा पनि ४ करोड २० लाख ६१ हजारबाट २ करोड ४६ लाख ११ हजार रुपैयाँमा खुम्चिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १२.२० प्रतिशत घटेर १२ करोड ८३ लाख ५१ हजार, सञ्चालन नाफा ३९.४६ प्रतिशत घटेर १ करोड ७८ लाख ४५ हजारमा कायम भएको छ ।  त्यस्तै लघुवित्तको निक्षेप संकलन तथा सापटी १०.७९ प्रतिशत घटेर १ अर्ब ४८ करोड १४ लाख तथा कर्जा लगानी ७.१९ प्रतिशतले गिरावट भई ४ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेका लघुवित्तको प्रति सेयर आम्दानी ६ रुपैयाँ ८० पैैसा छ । नाफासँगै इपीएस पनि ४ रुपैयाँ ४४ पैसा घटेको हो । लघुवित्तको जगेडा रिर्टन अर्निङ्ग ४ करोड ६३ लाख ऋणात्मक रहँदा जगेडा कोषमा १८ करोड ५९ लाख २६ हजार रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात ८८.३२ गुणा छ । यस्तै खराब कर्जा ४.६४ प्रतिशत रहेको आरम्भ चौतारीको आधारदर १६.२५ प्रतिशत, स्पेडदर ५.१२ प्रतिशत र कस्ट अफ फन्ड ९.९३ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।