नेपाल एसबिआई मर्चेण्टमा डिम्याट खाता हुनेले कालिञ्चोक केबुलबार चढ्दा १०% छुट पाउने

0
Shares

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शनबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । कालिञ्चोक दर्शन र एसबिआई मर्चेन्ट बैंकिङ्गबीच ग्राहकलाई केबुलबार चढ्दा १०% छुट दिने सहमति भएको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका थिए ।

सहमति अनुसार नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरु र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहकले कालिञ्चोक दर्शनले सञ्चालन गरेको केबुलबार चढ्दा १० प्रतिशत विशेष छुट पाउनेछन् ।

समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै आपसी सहकार्यबाट व्यवसायिक उचाई हासिल हुने अपेक्षा राखे ।

समारोहमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटी सहित दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।