नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न भएको छ । कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा कम्पनीले लुम्विनी लक्जरी टुरअन्तर्गत नेपालको प्रसिद्धस्थल लुम्विनी र पाल्पाको रानीमहल भ्रमण गराएको छ ।
कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखाप्रमुखहरु र देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुन भएका करिब ४०० जनाभन्दा बढि बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।
सो अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलकोे सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
उपप्रमुख कार्यकारी अधिकृत स्मृती राजकँडलले यस्ताभ्रमणकार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरु बिच एक आपसमा अन्र्तक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्षलाभ पू¥याउने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले योजनाअत्यन्तै सफल भएको महशुस गरिएको बताए ।
एजेन्सी विभागप्रमुख सुशीलप्रताप राणाले संचालन गरेको सो कार्यक्रमका सहभागि अभिकर्ताहरुले नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको ऐतिहासिक रानीमहलभ्रमणगर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया