औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप’ उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आव्हान गरेको छ । प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै परियोजना प्रस्ताव पेस गर्न आव्हान गरेको हो ।
कर्जाका लागि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीले परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ ।
स्टार्टअप उद्यमीले सूचना प्रकाशित भएको २१ दिन भित्र कार्यविधिको अनुसूची (१) बमोजिम आफ्नो परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ । जारी सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिन (सो दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) भित्र कार्यविधिको अनुसूची (१) बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।’
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया