स्थानिय बजारमा सुनको भाउ लगातार वृद्धि भइरहेको छ । अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा पनि परेको हो । नेपालमा अन्तराष्ट्रिय बजारको आधारमा मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार ३००, मंगलबार १०० र बुधबार ३०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार ५०० रुपैयाँले बढेको थियो । शुक्रबार सुनको भाउ २०० रुपैयाँले बढेको हो।
शुक्रबार छापावाला सुनको भाउ १ लाख १९ हजार ५०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख १९ हजार २०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ५४ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १६ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया