महिला लघुवित्तका सेयरधनीको हात खाली


महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

माघ १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको छ । लघुवित्तले सोही निर्णय अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।