नेरुडे लघुवित्तले बिना लाभांश बोलायो साधारण सभा


नेरुडे लघुवित्तले १७ औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले सेयरधनीलाई प्रतिफल वितरण नगर्ने निर्णय गत पुस १० गते मंगलबारको संञ्चालक समितिको बैठकबाट निर्णय गरेको थियो ।
लघुवित्तले आगामी फागुन ११ गते साधारण सभा बोलाएको हो । २ जना संस्थापक तर्फका सञ्चालकको निर्वाचन तथा नियमित प्रस्ताव सहित लघुवित्तले साधारण सभा बोलाएको हो ।

साधारण सभा प्रयोजनका लागि माघ २९ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो । यस अघि लघुवित्तले माघ २४ गते बुकक्लोज गर्ने निर्णय गरेकोमा शुक्रबार फेरी सञ्चालक समितिको बैठक बसी मिति संशोधन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।