लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे

0
Shares

लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे चयन भएका छन्।

बैंक सञ्चालक समितिको माघ २ गते सम्पन्न सञ्चालक समितिको २२५ औं बैठकले सञ्चालक समिति सदस्य घिमिरेलाई बिहीबारदेखि नै लागू हुने गरि चयन गरेको बैंकका सचिव पियूष राज अर्यालले जानकारी दिए।

बैंकमा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाति रुङ्गाटा र विश्व करण जैन सञ्चालक रहेका छन् भने नागरिक लगानी कोषको तर्फबाट रमण नेपाल, संस्थापक शेयरधनीको तर्फबाट दिनेश पौडेल, तथा विद्या बस्नेत स्वतन्त्र सञ्चालक रहेकी छिन्।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।