सगरमाथा जलविद्युत कम्पनीको नाफामा २२% को बढोत्तरी

0
Shares

सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड ५९ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २१.९७ प्रतिशत बढी हो ।

गत आवको पुससम्म कम्पनीले ५ करोड ४० लाख ५२ हजार रुपैयाँ खुद मुनाफाकमाएको थियो । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ३३ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको ६ महीनामा १५ करोड ९७ लाख २७ हजार रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा २.२६ प्रतिशतले बढेको हो ।

कम्पनीको प्रशासनिक खर्च ४.१५ प्रतिशतले प्रशासनिक खर्च घटाउदै ६१ लाख ११ हजार तकायम रहँदा वित्तीय खर्च भने ८.६८ प्रतिशतले बढ्दै ५ करोड ७६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । कम्पनीसँग एक अर्ब दश करोड बराबरको ऋण दायित्व रहेको छ ।

आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी ५७ करोड १२ लाखबाट बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको पुँजी वृद्धि उच्च हुँदा प्रतिसेयर आम्दानी भने घटेको छ । पुससम्म कम्पनीको इपीएस १८ रुपैयाँ ९३ पैसाबाट घट्दै ११ रुपैयाँ ७७ पैसामा सीमित भएको हो । यस्तै प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ३ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१० रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ३२.५३ गुणा छ । कम्पनीको जगेडा कोषमा १२ करोड ३५ लाख १८ हजार रुपैयाँ सञ्चित छ ।

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले इलाम जिल्लाको माई खोलामा ९.६ मेगावाट क्षमताको सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार ७७ रुपैयाँ छ । आयोजनाबाट ३२ जेठ २०७७ देखि जलविद्युत उत्पादन हुँदै आएको छ ।

कम्पनीको पुस २५ गते कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाण्डौंमा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावलाई पारित समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार  १५ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।