माईखोला हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफामा संकुचन आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ७६ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २५.८० प्रतिशत कम हो ।
गत आवको पुससम्म कम्पनीले १ करोड २ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ४३ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको ६ महीनामा ४ करोड ७३ लाख २२ हजार रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा ६.३२ प्रतिशतले घटेको हो ।
प्रशासनिक खर्च २१.२७ प्रतिशतले बढसँगै ५४ लाख ६४ हजार रुपैयाँ पुगेको छ भने वित्तीय खर्च १.६५ प्रतिशतले घटेर १ करोड ९७ लाख ८६ हजार रुपैयाँमा झरेको छ ।
चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ९६ पैसा, प्रतिसेयर कु्ल सम्पत्तिको मूल्य १९० रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात (पिई रेसियो) ९९.६४ गुणा छ ।
समीक्षा अवधिसम्म कम्पनीको जगेडा कोष ४०.८९ प्रतिशतले बढेर ७६ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया