कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको प्राथमिक सेयरलाई ज्याति क्यापटलले प्रत्याभूत गर्ने भएको छ ।
कम्पनीले प्रति सेयर अङ्कित मूल्य १०० रुपैयाँको दरले कुल ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर मध्ये ३४ लाख ९० हजार कित्ता सेयर ज्योति क्यापिटलले प्रत्याभूत गर्ने भएको हो । बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
कालंगा हाईड्रो लिमिटेडको रजिष्टर्ड कार्यालयमा एक कार्यक्रमकाबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया