पाठशालाले सरस्वती पूजाका लागि निःशुल्क स्कुल म्यानेजमेन्ट सफ्टवेयर प्रदान गर्ने भएको छ । विगत ११ वर्षदेखि निरन्तररूपमा सेवा प्रदान गर्दै आएको पाठशालाले सरस्वती पूजा अफरअन्तर्गत ग्राहकको सहजताका लागि एउटा नयाँ क्याम्पेन ल्याएको हो ।
अफरमार्फत् ग्राहकले न्यून रकममा अधिकतम् सुविधा पाउन सक्नेछन् । ग्राहकले बेसिक प्याकेज निःशुल्क पाउनुका साथै पाठशालाको सिल्भर अथवा गोल्ड प्याकेज लिएको खण्डमा ५० देखि ६० प्रतिशत छुट हुने बताइएको छ । यो अफर फागुन ३ गतेसम्मका लागि लागु हुने छ ।
हाल पाँच सयभन्दा धेरै विद्यालय र क्याम्पसलाई सेवा दिँदै आएको संस्थाको नेपालको एकमात्र आइएसओ २७००१ः२०२२ प्रमाणित स्कुल म्यानेजमेन्ट सफ्टवेयर भएको बताइएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया